FAQs Complain Problems

परिचय

मकालु गाउँपालिका १ नं. प्रदेशको संखुवासभा जिल्लाको उत्तरी भागमा अवस्थित प्राकृतिक तथा भौगोेलिक अवस्थितिको दृष्टिले अति रमणीय पर्यटकीय स्थलको रुपमा परिचित साविकका नुम, पाथिभरा, पावाखोला, याफु र मकालु गा.वि.स. मिलाई मिति २०७३ फागुन २७ गते घोषण भएको हो । भारत र चिनलाई नेपालको वाटो हुदै जोड्ने नेपालकै सवैभन्दा छोटो स्थलमार्ग उत्तर दक्षिण राजमार्ग (कोशी करिडोर) यसै गाउँपालिकाको केन्द्र ५,३ हुदै उत्तरी छिमेकी चीनको सीमा किमाथाङ्कासम्म पुग्दछ । यो गाउँपालिका मकालु गाउँपालिका हिमाल र किमाथाङ्का नाकाका प्रवेशद्धार पनि हो । यसै गाउँपालिका मा अरुण तेस्रो जलविधुत अयोजना ९०० मे. वाट नेपालको निमार्णमा रहेको छ ।

यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त क्षेत्र पनि हो । यहाँ याम्फु राई, शेर्पा, तामाङ, गुरुङ, कुलुङ राई र क्षेत्री जातिको वाहुल्य रहेको यो गाउँपालिकामा प्रमुख रुपमा वौद्ध र हिन्दु धर्मावलम्वीहरु रहेको छन । यसरी विविध जाति विविध धर्म संस्कृति रहेको यो गाउँपालिका सामाजिक सांस्कृतिक रुपमा पनि धनि रहेको छ । मकालु हिमश्रृङ्खला, मकालु मरुण राष्ट्रिय निकृञ्ज लगायतका यस गाउँपालिका क्षेत्र भित्र अरुण नदी, वरुण नदी, बौलाहा पोखरी, पाँच पोखरी, बन्दुके पोखरी, सेतो पोखरी, कालो पोखरी, डल्ले पोखरी, ईन्दुवा खोला, ईखुवा खोला, आप्सुवा, काँसुवा, ईप्सुवा खोला ठुलो पोखरी, सानो पोखरी, वौले पोखरी, सप्तरंगी पोखरी, तेर्से पोखरी, कुईरीम ताल, दुध पोखरी, शिव धारा, पार्वती गुफा, तोङ्गडाफु आदि प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थाल गाउँपालिकाका सम्पदाका रुपमा रहेका छन ।

पहाडी तथा हिमाली भुभागमा अवस्थित समुन्द्र सतहवाट ४४२ मिटर देखि माथिको उचाईमा रहेको यो गाउँपालिका २७ डिग्री १५ मिनेट देखि २७ डिग्री २२ मिनेट उत्तरी अक्षांश तथा ८७ डिग्री ४ मिनेट देखि ८७ डिग्री ३० मिनेट पूर्वी देशान्तरसम्म फौलिएको छ । यस गाउँपालिका ५१९.४५ वर्ग कि.मि क्षेत्रफलमा फौलिएको छ्, जसमध्ये कृषि क्षेत्र ५५.५ प्रतिशत, जंगल २३.७८ प्रतिशत, वस्ती क्षेत्र ६.८३ प्रतिशत, खाली जग्गा १३.६ प्रतिशत र अन्य क्षेत्र ०.२९ प्रतिशत छ । समुन्द्र सतह देखिको उचाई फ्याक्सिन्दा दोभान ५५७ मिटर देखि मकालु हिमाल ८४६३ मिटर सम्म रहेको छ ।

यस गाउँपालिकाको पूर्वमा भोटखोला गाउँपालिका र ताप्लेजुङ्ग जिल्ला, पश्चिममा सिलिचोङ गाउँपालिका, सोलुखुम्वु जिल्ला उत्तरमा भोटखोला गाउँपालिका र चीन तथा दक्षिणमा चिचिला र सभापोखरी गाउँपालिका रहेको छ । जिल्ला सदरमुकाम देखि करिव ४२ कि.मि. दुरीमा गाउँपालिकाको केन्द्र पर्दछ । त्यस्तै गाउँपालिकाको केन्द्र देखि करिव ८८ कि.मि. दुरीमा उत्तरी सीमा विन्दु किमाथाङ्का नाका पुगिन्छ ।

यस गाउँपालिकाको वडा नं. २ मा अवस्थित ८४६३ मिटर अग्लो मकालु हिमालको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।